Friday, January 24News That Matters

सरोकारवालाहरु सँग अपाङ्गताहरुको न्यायमा पहुँच सम्बन्धि छलफल

पूर्णपुष्टि, १५ कार्तिक ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोसी प्रदेश समितिले अपाङ्गता भएकाहरुको न्यायमा पहुँचको अवस्थाको बिषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी महासंघले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका अपाङ्गताहरुको न्यायमा कसरी पहुँच वृद्धि गर्न सकिन्छ भन्ने बिषयमा न्यायायिक क्षेत्रमा कृयाशिल सामाजिक संघसंस्था र अभियन्ताहरुसँग छलफल गरेको हो ।
कार्यक्रममा सहभागिहरुले अपाङ्गताहरुलाई न्यायमा पहुँच पुर्याउँन अभियानहरु सञ्चालन गर्दै आएको बताएका छन् । उनीहरुले अपाङ्गता भएकैकारण गरिएका हेलाहोचो, घृणित व्यवहारलाई निरुत्साही गर्न र आगामी दिनमा दोहोरिन नदिन कार्यक्रमहरु सञ्चालन गरिएको बताएका थिए ।
सहभागिहरुले अपाङ्गता भएकैकारण अन्याय सहेर बस्छु पर्छ भन्ने कुरीतिको अन्त्य गर्न सबै अभियन्ताहरु लागि परेको बताए । उनीहरुले अपाङ्गता मैत्री भवन निर्माण सँगै मानिसको वानीव्यहोरा सुधार गर्नु पर्ने खालका कार्यक्रम समुदायमा लैजानु पर्ने बताए ।
सहभागिहरुले अपाङ्गताहरको वहस, पैरवीसँगै सिपको विकास गरी समृद्धिमा जोड्नु पर्ने बताए । कार्यक्रममा कोसी प्रदेश समितिका अध्यक्ष नविनचन्द्र ढकालले अपाङ्गताहरुको सशक्तिकरण, न्यायमा पहुँच, आर्थिक अवश्थाका कारण मुद्दा कमजोर हुने अवश्था र हिंसामा परेकाहरुको उद्धारका लागि महासंघले सहयोग गर्दै आएको बताए ।
उनले अदालतमा अपाङ्गताहरुको कुरा सुनवाई गर्न दोभासेको व्यवस्था, अपाङ्गता मैत्री भवन निर्माणमा सहुलियतमा प्राविधिक उपलब्धता, निर्माण सम्पन्न भएका भवन अपाङ्गता मैत्री छ कि छैन भन्ने मुल्यांकन गर्ने टिम महासंघमा रहेको र चाहेको खण्डमा उपलब्ध गराउन सकिने बताए ।
सबै पालिकामा अपाङ्गता सम्बन्धि काम गर्ने संस्थाको स्थापना गर्ने भन्दै ढकालले अपाङ्गता कार्ड वितरण प्रकृयालाई सहजता बनाउन तालिमहरुको व्यवस्था गरेको बताए । महसंघका जिल्ला अध्यक्ष सिता पौड्ेलले अपाङ्गता कार्डलाई व्यवस्थित र नियमित दिने व्यवस्था मिलाउन स्थानीय तहका उपप्रमुख, महिला, जेष्ठ नागरिक तथा बालबालिका शाखाका कर्मचारीलाई तालिमको व्यवस्था गरिएको बताईन् ।
त्यस्तै अपाङ्गता मैत्री भवन बनाउन सबै स्थानीय तहका प्राविधिकहरुलाई तालिमसमेत दिने योजना रहेको बताए । कोसी प्रदेशका अध्यक्ष ढ्कालले जिल्लाका आठ वटै स्थानीय तहमा महासंघ, करुणा फाउण्डेसन र सामाजिक विकास मन्त्रालयको सहकार्यमा कार्यक्रम गर्ने तयारी रहेको बताए ।