सर्पले टोक्दा बालकको ज्यान गयो

पूर्णपुष्टि, असोज १७
महोत्तरीमा गएराति सर्पले टोक्दा एक जना बालकको अकालमै ज्यान गएको छ । महोत्तरी गाउँपालिका–२ अनैठा बस्ने रामका १३ वर्षीय छोरा आकाशलाई सर्पले टोक्दा उनको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको ज्यान गएको सो अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: