पूर्णपुष्टि, असोज २० गते ।
गाईघाट–आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सर्बसहमतरुपमा टुंग्याउन नसक्दा शुक्रबार नेकपा एमाले उदयपुरमा एक ठाउँका लागि २४ जनासम्मको नाम सिफारिस भई आएको छ ।
जिल्ला पार्टीले नाम सिफारिसका लागि तोकेको क्षेत्रीय संयोजक तथा सहसंयोजकबाट सर्बसहमतरुपमा टुंग्याउन नसक्दा प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. १ (क) मा २४ जनासम्मको नाम सिफारिस भइ आएको हो । प्रतिनिधिसभा क्षेत्र नं. १ र २ मा सिफारिसमा पर्नेको नाम थोरै भएपनि प्रदेशसभाहरुमा धेरै छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमाले जिल्ला कमिटी सदस्य टेकबहादुर राउत, पूर्व केन्द्रिय सल्लाहकार परिषद सदस्य राममणि पोखरेल र बैकल्पिक केन्द्रिय सदस्य तथा सांसद मन्जु कुमारी चौधरीको नाम सिफारिस भएको छ ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व सांसद जगनाथ खतिवडा र लेखा आयोग सदस्य तथा पूर्व सांसद विष्णुबहादुर राउतको नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ (क) मा कालु लामा, कुमारजंग कार्की, कुशलवाबु बस्नेत, टेकनारायण चौधरी, डिल्ली विमली, ढकबहादुर विष्ट, धनपति आचार्य, नरेन्द्र राउत, नारद निरौला, पुष्पराज सुवेदी, प्रेमबहादुर सुवेदी, राजेन्द्रकुमार कटुवाल, विमल कार्की, राजकुमार राई, विसन विष्ट, शम्भु पौडेल, शरण राई, शिव अधिकारी, श्यामबहादुर राई, सन्तोषकुमार बस्नेत, सम्झनाकुमारी पोखरेल, सुरेन्द्र बस्नेत, सोमन चौधरी र हरिनारायण पंजियारको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ (ख) मा एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की, सचिव परमेश्वर घिमिरे, सचिवालय सदस्यद्वय प्रकाश बस्नेत र दुर्गा परियार, जिल्ला कमिटी सदस्यद्वय भागवत राउत र माया भण्डारीको साथै आर्थिक विभाग सदस्य महेश रेग्मीको नाम सिफारिस गरिएको क्षेत्रिय समितिले जानकारी दिएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ (क) मा प्रत्यक्ष तर्फ गोपाल खत्री, कैशाल बस्नेत, भरत थापा, होमबहादुर दाहाल, अम्बर रायमाझी, शैलेश लामा, देवराज राई, मेघराज दाहाल र अमृतध्वज राई रहेका छन् । यस्तै समानुपातिक तर्फ टामिन्द्र राई, कुमारी आले, चक्र बहादुर तामाङ, उर्मिला दाहाल, ज्ञान बहादुर समाल, तारा बहादुर थापा मगर र चुडामणि लुइटेलको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ (ख) मा मणि सुन्दर श्रेष्ठ, नोक श्रेष्ठ र कला घलेको नाम सिफारिस गरिएको छ । एमाले जिल्ला सचिव परमेश्वर घिमिरेका अनुसार क्षेत्रिय समितिबाट सिफारिस भई आएको नामावलीलाई शनिबार जिल्ला कमिटिको बैठकले छाँटकाट गरी केन्द्रमा पठाउनेछ । एक महिलासहित बढिमा ३ जनाको नाममात्र केन्द्रमा पठाईने उनले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको नाम पनि शनिबार नै सिफारिस हुने उनले बताए ।
जिल्लाको छाँटकाँटमा ठूलै संख्या पर्ने भएपछि आकांक्षीहरु आ–आफ्ना पहल कदमीमा लागी परेका छन् ।