
बैशाख ६
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त गर्नुभएको छ ।
उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहनुभएका झापाका डाक्टर कुमार चुडाल र उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश रहनुभएका म्याग्दीका नहकुल सुवेदीलाई राष्ट्रपति भण्डारीले सोमवार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

एक विज्ञप्ति जारी गर्दै न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले दुई न्यायाधीशलाई नियुक्त गरेको जानकारी गराईएको छ ।

