Friday, February 14News That Matters

सलहेश दशौँ नारदमुनी गोल्ड कपको फाईनलमा

पूर्णपुष्टि, माघ १९ । सलहेश युवा क्लब सप्तरी दशौँ स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । शनिबार बसाहास्थित नारदमुनी थुलुङ्ग स्मृती रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा बागमति युवा क्लव सर्लाहीलाई ० गोलको विरुद्ध २ गोल गर्दै सहलेस युवा क्लव सप्तरी फाईनलमा प्रवेश गरेको हो ।

खेलको ५० औँ मिनेटमा सलहेशका लागी जर्सी नं। १७ का मिलन राईले गोल गर्दै अग्रता दिलाएका थिए भने ७० औँ मिनेटमा राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । यस खेलको म्यान अफ द म्याच सलहेशका मिलन राई बने । भोली एभरेष्ट फुटबल क्लब सुनसरी र झापा ११ फुटबल क्लब बिच दोस्रो सेमिफाईनल खेल हुनेछ ।

उपाधि विजेताले नगद रु। ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु। २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गोल्डकप यही माघ २२ गतेसम्म सञ्चालन हुनेछ । नारदमुनि गोल्डकप उदयपुर जिल्लाको प्रतिष्ठित फूटबल प्रतियोगिता हो ।