Tuesday, June 2News That Matters

सवारी दुर्घटनाबाट दुई जनाको ज्यान गयो

पूर्णपुष्टि, वैशाख ५

सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

हिजो राती पौने ८ बजे सुनसरी ईटहरी–६ पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको को ३३ प ३२४० नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनमा मोटरसाईकल चालक ईटहरी–८ का ४२ बर्षीय बिरेन्द्र चौधरी गम्भिर घाईते भएका थिए । उनको घोपा धरानमा उपचारको क्रममा राती पौने ९ बजे ज्यान गएको  हो । बस र चालक ईटहरी–१२ खनार का ३८ बर्षीय सन्तोष वि.क. नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

त्सैगरी आज बिहान ६ बजे मोरङ धनपालथान गाउँपालिका–४ स्थित भलुवा चौकमा पश्चिम तर्फ जादै गरेको को २७ प ६४५९ को  मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।  दुर्घटनामा मोटरसाईकल चालक रंगेली नगरपालिका–२ का २३ वर्षीय भोला  शर्मा र पछाडी सवार सोही नगरपालिका–३ का २२ वर्षीय कासमिक मुर्मु गम्भिर घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा चालक शर्माको ७ बजे ज्यान गएको हो । अर्का घाईते मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।