सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ३ जना घाईते

पूर्णपुष्टि, पुष १
सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् ।
मंसिर २९ गते दिउँसो साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका–६ स्थितमा प्रदेश १–०२–०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० वर्षीय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनाका रिषिदेवसहित मोटरसाईकल चालक भोक्राहा–८ का २१ वर्षीय सराज आलम, पछाडि सवार २३ वर्षीय ईरसाद आलम र महपुज आलम समेत घाईते भएका थिए । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पु¥याईएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे रिषिदेवको ज्यान गएको अस्पताले जनाएको छ ।
त्यसैगरी, मंसिर २९ गते राती पौने ८ बजे झापाको कन्काई नगरपालिका–७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र बिपरीत दिशाबाट आउदैँ गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाईकल चालक ईलाम रोङ गाँउपालिका–६ का ३३ वर्षीय सन्तोष राई र पछाडि सवार ४० वर्षीय चन्द्र बहादुर राई घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि. एण्ड सि. अस्पताल बिर्तामोड पु¥याईएकोमा उपचारको क्रममा राती पौने ९ बजे दुबै जनाको ज्यान गएको अस्पतालले जनाएको छ । बस र बस चालक ईलामको चुलाचुली गाँउपालिका–६ का ३१ वर्षीय सरोज ढकाललाई ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: