Friday, June 26News That Matters

सवारी दुर्घटनामा एकको मृत्यु, एक घाईते

पूर्णपुष्टि, फागुन ११ ।
झापाको मेचीनगर नगरपालिका–७ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने, एकजना घाईते भएका छन । मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको छ भने, १७ वर्षीय बल बहादुर मगर घाईते भएका हुन् ।
हिजो राती पौने ८ बजेको समयमा उनीहरु दुबैलाई मे.१०प २२३२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएका थिए । घाईते दुबै जनाको बि.एन्ड सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा श्यामको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै, बल बहादुरको सोही अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर–१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।