सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो

पूर्णपुष्टि, असोज २७
महोत्तरीमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–४ मा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजय कुमार महतो र महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका २७ वर्षीय सुरज तामाङको ज्यान गएको हो ।

महतोको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा र तामाङको रामजानकी अस्पतालमा ज्यान गएको अस्पतालले जनाएको प्रहरीले बताएको छ । विपरीत दिशाबाट जाँदै गरेका प्रदेश २–०१–००२ प ०५९७ र ज १२ प २९ ६१ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका एक जनाको राम जानकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: