Saturday, June 27News That Matters

सवारी दुर्घटनामा पत्रकारको मृत्यु

पूर्णपुष्टि, असार १४

रुपन्देहीमा गतराति भएको कार दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ ।

न्युज २४ टेलिभिजनका रुपन्देही संवाददाता ३० वर्षीय कृष्णबाबु पाण्डेको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा मृत्यु भएको हो ।

बुटवलबाट आफ्नो घर ड्राइभर टोल जाने क्रममा बुटवल भैरहवा सडकखण्डको ड्राइभर टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । कार सडक छेउमा रहेको फलामे बारमा ठोक्किएको थियो ।

पत्रकार पाण्डेको स्थायी घर स्याङ्जाको बिर्घा हो ।