Saturday, June 27News That Matters

पहिरोले घर पुर्दा १ जनाको मृत्यु

पूर्णपुष्टि, असार १४

अविरल वर्षासँगै आएको पहिरोले स्याङ्जामा घर पुरिदा एक जनाको मृत्यु भएको छ ।

घर माथीबाट आएको पहिरोले घर पुरीदा गल्याङ नगरपालिका–९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति करिब ३ बजे पहिरोले घर पुरिदा मृतक विकको उहाँकी श्रीमती घाइते भएको प्रहरीले जनाएको छ । अहिले उनको उपचारका लागि पाल्पा लगिएको छ ।

३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।