
उदयपुर, पुस २४ गते ।
ताप्लिमा बोलोरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । ताप्लि गाउँपालिका–२ धपेनीमा दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने चार जना घाईते भएका हुन् ।
रामपुरझिल्केबाट कटारी तर्फ आउँदै गरेको मे १ ज २६६२ नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना हुदा ताप्लि गापा–२ लेखगाउँ निबासी २६ वर्षीय मिलन राई र झापाको विर्तामोड घर भएका अन्दाजी ३३ वर्षीय महेन्द्र राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताप्लिगापा–२ लेखगाउँ निबासी २७ वर्षीय बाबु राई र ४० वर्षीया रसमाया राई गम्भिर घाईते भएका छन् भने बाछाङ निबासी करिब ३२ वर्षीय मोतिलाल राई र बोलेरो चालक ताप्लि गापा–१ ओख्ले निबासी २१ वर्षीय मोमलराज मगर सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
