Thursday, May 21News That Matters

गरिब परिचयपत्र वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम

उदयपुर, पुस २४ गते ।

उदयपुरमा गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ । जिल्ला समन्वयन समिति उदयपुरको आयोजनामा विहिबार गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो ।

भूमी व्यावस्था, सहकारी तथा गरिबी मन्त्रालयलले गरिब परिचय पत्र वितरण गर्नका लागि ११ वटा जिल्लामा सर्वेक्षण संकलन गर्ने भएको हो । गरिब घरपरिवार पहिचान गर्नका लागि आधुनिक प्रविधिबाट सर्वेक्षण गर्ने मन्त्रालयले जनाएको छ । २०७० सालमा नेपालको २६ जिल्लाका १२ लाख २४ हजार चार सय १७ घरपरिवारमा सर्वेक्षण गरिएको थियो । त्यस मध्ये तीन लाख ९१ हजार आठ सय ३१ घर परिवारलाई गरिबको रुपमा पहिचान गरिएको मन्त्रालयका बरिष्ठ कम्प्युटर ईन्जिनियर विमलमान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै जानकारी गराएको थियो ।

त्यस्तै चालु आर्थीक वर्ष २०७५÷०७६देखि १२ वटा जिल्लामा सर्वेक्षण सुरु गरिएको जनाईएको छ । १ न. प्रदेशको ताप्लेजुङ, र धनकुटा, २ न. प्रदेशको महोत्तरी, ३ न. प्रदेशको काभ्रेपलान्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा र म्याग्दी, ५ न. प्रदेशको बाँके, कर्णाली प्रदेशको दैलेख र सुदूर पश्चिम प्रदेशको दार्चुला र डढेलधुरा जिल्लामा सर्वेक्षणको कार्य भईरहेको श्रेष्ठले बताए ।

चालु आवमा १ न. प्रदेशको पाँचथर, संखुवासभा, सोलुखुम्बु र उदयपुर, ३ न. प्रदेशको धादिङ र मकवानपुर, ५ न. प्रदेशको पाल्पा र दाङ, कर्णाली प्रदेशको सल्यान र सुर्खेत र सुदूर पश्चिम प्रदेशको डोटी गरी ११ जिल्लामा सुरु गन श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियारले अति राम्रो कामको सुरुवात हुन लागेको बताएका छन् । गरिबीको पहिचान गर्दै गरिबीको संख्या अन्त्य गर्नका लागि ठूलो टेवा पुग्ने छ । तीनै तहका सरकारलाई गरिबीको अन्त्य गर्नका लागि नीति योजना बनाउन सहज हुने उनले बताए ।

स्थानीय तहहरुले सर्वेक्षणको लागि गणक नियुक्ति गर्नका लागि विज्ञापन जारी गरिहेको छ भने ताप्लि गाउँपालिका सवै प्रक्रिाय पुरा गरी जिससमा पठाई सकेको प्रमुख परियारले बताए । क्रममा गणकहरु जनताको घरमा पुग्दा दोहोरीने समस्याको नियन्त्रण गर्नका लागि स्टिकर टाँस्नु पर्ने उनले सुल्झाएको छ ।