
पुस २५ गते ।
एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बार्सिलोनालाई ३–र्२ गोल अन्तरले पछि पार्दै मड्रिड फाइनलमा प्रवेश गरेको हो ।
गतराती भएको खेलमा मड्रिडका कोकी क्लिनिकले ४६औँ मिनेटमा, अल्भरो मोराटाले ८१औँ मिनेटमा र एन्जिल कोरियाले ८६औँ मिनेटमा गोल गर्दै टिमलाई फाईनलमा पु¥याएको थियो । बार्सिलोनाका लियोनल मेस्सीले ५१औँ र एन्टोनी ग्रिजम्यानले ६२औँ मिनेटमा गोल गरेका थिए ।
उक्त जित सँगै सुपर कपको उपाधिका लागि एट्लेटिकोले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
