Friday, May 15News That Matters

ट्रम्पको अधिकार कटौती

पुस २५ गते । 

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती भएको छ । संयुक्त राज्य अमेरिकाको तल्लो सदन (हाउस अफ् रिप्रिजेन्टेटिभ्स) ले बिहीबार एक युद्ध शक्तिसँग सम्बन्धित प्रस्ताव पारित गर्दै ईरानविरुद्धको सैन्य कारबाहीमा ट्रम्पको अधिकार कटौती गरेको हो ।

यसको उद्देश्य ईरानसँग युद्ध गर्न अनिवार्यरुपमा काङ्ग्रेसको अनुमति लिनुपर्छ भन्ने हो । तर ईरानबाट आक्रमण भएको अवस्थामा र राष्ट्रपतिको भिटो अधिकारलाई पनि यसले रोक्ने छैन ।

सदनमा काँग्रेसी एजिला स्लटकिनले प्रस्ताव गरेको प्रस्ताव माथी पक्षमा दुई सय २४ र विपक्षमा एक ९४ मत खसेको थियो ।

ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको एक दिनपछि यो प्रस्ताव ल्याइएको हो ।