सवारी दुर्घटना, दुईजनाको ज्यान गयो

पूर्णपुष्टि, पुष २०
झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा परी दूई जनाको ज्यान गएको छ ।
झापा गाउँपालिका–१ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका–५ बाराका २२ वर्षीय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे ज्यान गएको हो । रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा ज्यान गएको थियो ।

यसैगरी, सुनसरीको धरान उप–महानगरपालिका–१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको ज्यान गएको छ । सोमबार राती साँढे ६ बजेको समयमा धरान–१५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक भक्तपुर घर भई धरान –१५ बस्ने ४२ वर्षीय राजेश सिजापती घाईते भएका थिए । घाईतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा राती नै ज्यान गएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: