Tuesday, June 9News That Matters

सवारी दुर्घटना १ जनाको मृत्यु

पूर्णपुष्टि, साउन ३ गते ।
सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकमा सोमवार बेलुका भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाईकल चालक ईनरुवा नगरपालिका–३ का २७ वर्षीय श्याम सुन्दर यादवको मृत्यु भएको हो ।
पुर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग १ क ८४५ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को १० प ३३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक यादवलाई उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।