
पूर्णपुष्टि,चैत ८
झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । मोटरसाईकल चालक रतुवामाई नगरपालिका–८ का २३ बर्षीय निरन बस्नेत र पछाडी सवार अनिष कोइरालाको ज्यान गएको हो ।
शनिवार साँझ साँढे ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ८१३३ र को २८ प ११३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुबै मोटरसाकलमा सवार रहेका ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरु मध्ये प्रदेश १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकल चालक बस्नेत विएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको तथा सोही मोटरसाईकलको पछाडी सवार रहेको कोईरालालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिने टिपर, टिपर चालक तथा दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


