Tuesday, June 23News That Matters

सवारी सिफारिस प्रशासनकाे कडाइ

पूर्णपुष्टि, चैत २३ ।

स्थानीय सरकारले स्थानीय प्रशासनबाट सवारी पास लिनका लागि दिएको सिफारिस पत्रको दुरुपयोग बढेको भन्दै त्यसप्रति प्रशासनले ध्यानाकर्षण गरेको छ ।

त्यावश्यक कामका लागि सवारी पासको व्यवस्था जिल्ला प्रशासनले गर्दै आएको छ । सवारी पासका लागि स्थानीय सरकारको सिफारिस माग्ने गरिएकोमा सिफारिस पत्रनै बोकेर हिड्ने गरेको पाइएको प्रशासनले जनाएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै त्यस्ता सिफारिस पत्रप्रति प्रशासन जवाफदेखि नहुने जनाएको छ ।

सरकारको वडा कार्यालयसमेतले सिफारिस गर्न थालेको छ । यसले सिफारिसको दुरुपयोग र सवारी साधनको चाँप बढेको गुनासो बढेपछि प्रशासनले कडाइ गरेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताउनुभयो । सिफारिस मात्र बोकेर सवारी चलाइ हिडेकाहरुलाई सुरक्षाकर्मीले रोक्न थालेको छ ।