Saturday, April 26News That Matters

सशस्त्र प्रहरीकाे स्थापना दिवसमा त्रियुगा गणमा विशेष समाराेह

पूर्णपुष्टि/उदयपुर, चैत्र
उदयपुरकाे बाेक्से स्थित सशस्त्र प्रहरी वल, नेपाल ५ नम्बर गण हेडक्वाटर, त्रियुगाले आज आफ्नाे संस्थाकाे १८ ओैं स्थापना दिवसमा भब्य समाराेहकाे आयाेजना गरेकाे छ ।
सशस्त्र प्रहरी नायव महानिरिक्षक एवम् नं. १ वराहा बाहिनी, मुख्यालय सुनसरीका वाहिनिपती शम्भु सुवेदीकाे प्रमुख आतिथ्यमा समाराेह भएकाे हाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरु, विभिन्न क्षेत्रमा विशिष्ट ब्यक्तिहरुकाे सहभागिता रहेकाे छ । नेपालमा जनआन्दाेलन ताका सशस्त्र प्रहरीकाे २०६३ चैत्र ६ गते स्थापना भएकाे थियाे । २०६६ माघ १५ गते त्रियुगामा गुल्म स्थापना भई २०७५ जेठ २७ गतेबाट गण भएकाे हाे ।

विशेष समाराेहमा सहिद स्मारिकामा पुष्पगुच्छा अर्पण, सहिद परिवार सम्मान, उत्कृष्ट कार्य पुरस्कार, विभिन्न खेल तथा ब्यवसायिक प्रतियाेगिता सर्वाेत्कृष्ट पुरस्कार वितरण लगायत कार्यक्रम रहेकाे गणपती सशस्त्र प्रहरी उपरिक्षक सुनिलकुमार शाहीले जानकारी दिनुभयाे ।