
पूर्णपुष्टि, साउन ३१
सशस्त्र प्रहरीको सक्रियतामा अवैध ढुङ्गा उत्खन्न गरी ट्याक्टरमा लोड गरी राखेको अवस्थामा ट्याक्टर पक्राउ परेको छ ।
त्रियुगा नगरपालिका–११ स्थित बरुवा खोलाबाट अवैध नदि जन्य वस्तु ढुङ्गा उत्खन्न गरी ट्याक्टरमा लोड गरी राखेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ढुङ्गा उत्खन्न गरी ट्याक्टरमा लोड गरी राखेको अवस्थामा गतराती करिब १२ बजे स १ त १९७४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल न.५ गण उदयपुरका सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदीले बताए । प्रकृतिक दोह तथा चोरी निकासी गर्ने कसैलाई पनि नछोड्ने उनले बताए ।

