Friday, May 22News That Matters

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, साउन ३१

मालपोत कार्यालय उदयपुरका थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मालपोत कार्यालयका ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भईसेको छ ।

त्रियुगा नगरपालिका–१० निबासी ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उनलाई चौदण्डिगढी नगरपालिकाको सातधारेमा निर्माण गरिएको कोभिड–१९ अस्पताल लैजाने तयारी भईरहेको जनाईएको छ ।