Friday, May 8News That Matters

सशस्त्र प्रहरीद्धारा ६४ किलो गाँजा बरामद

काठमाण्डौँ, जेठ ९

सशस्त्र प्रहरीको टोलीले बाराको पचरौतना नगरपालिका–९ बलधुसुवाबाट करिब ६४ किलो प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।

बारास्थित सशस्त्र प्रहरी बल नेपाल नं १२ गणका अनुसार प्याकिङ गरी कार्टुनमा तयार गरी राखिएको उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो । प्याकिङ गरी टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फालेर चारजना मानिस फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने तयारी भइरहेको छ । (रासस)