सशस्त्र प्रहरीबाट प्रदेश १ का विभिन्न जिल्लामा २ करोड बराबरका तस्करी सामान बरामद

पूर्णपुष्टि, मंसिर ७
१ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट झण्डै दुइै करोड मूल्य बराबरको तस्करीका सामान बरामद भएको छ । अवैध तरिकाले नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करी गर्दै गरेको अवस्थामा सशस्त्रले एक करोड ९८ लाख ३८ हजार आठ सय ३४ रूपैयाँ बराबरको लत्ताकपडा, चिनी, सूर्ति तथा किराना सामग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीका अनुसार चोरी तस्करीका सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने गरिएको छ ।
भारतसँग सीमा जोडिएका जिल्लामध्ये इलामबाट २६ लाख ६२ हजार चार सय १०, झापाबाट ७७ लाख ४४ हजार सात सय ५१, मोरङबाट ३४ लाख ८६ हजार नौ सय ८९ र सुनसरीबाट १३ लाख २१ हजार ५६ रूपैयाँ बराबरको सामग्री बरामद गरिएको गिरीले बताउनुभयो । उनका अनुसार १ नम्बर बराह बाहिनी इटहरीबाट खटिएको टोलीले ४६ लाख दुई हजार छ सय २८ रूपैयाँ बराबरको तस्करीका सामग्री नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: