Friday, July 17News That Matters

सशस्त्र प्रहरीलाई ह्यान्ड वासिङ्ग कर्नर सहयोग

मिलन परियार
भाद्र १०

जाल्पा एकीकृत बिकास समाज उदयपुरले सशस्त्र प्रहरीलाई ह्याण्ड वासिङ कर्नर सहयोग गरेको छ । जल्पा र वल्र्डभिजन ईन्टरनेसनल नेपालको साझेदारीमा संचालित बाल प्रायोजन परियोजना अन्र्तगत कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल ५ न.हेक्वा उदयपुरलाई ह्यान्ड वासिङ्ग कर्नर सेटसहयोग गरेको हो ।

कोभिड १९ रोकथाम र नियन्त्रणमा अहोरात्र खट्ने सुरक्षाकर्मीलाई संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आधुनिक हात धुने कर्नर सहयोग गरेको जल्पाले जनाएको छ ।

जाल्पाले कोरोनाको जोखिमबाट बच्न आफ्नो कार्यक्षेत्रका सबै पालिका, वडा र केहि विद्यालयहरुमा ह्यान्ड वासिङ्ग कर्नर सहयोग गर्न लागेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुस्पराज पोखरेलले बताए ।

बालबालिकाहरुको समृद्धि, बिकास र संरक्षण सम्बद्र्धनका लागी कोरोना संक्रमणलाई रोक्नका लागी ह्यान्ड वासिङ्ग कर्नर सहयोग कार्यक्रम प्रभाबकारी हुने जाल्पाका बाल स्पोन्सरशिप कार्यक्रमका टिम लिडर गेसबहादुर आले मगरले बताए  ।