
पूर्णपुष्टि, भदौ १०
कोरोना संक्रमणबाट बारामा दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचाररत कलैया उपमहानगरपालिका–१ र विश्रामपुर गाउँपालिका–१ छतवाका एक÷एक जना पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
कलैया उपमहानगरपालिकाका पुरुषलाई यहि भदौ दुई गते श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि गण्डक अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो ।
विश्रामपुरका ४२ वर्षीय पुरुषलाई पनि श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरो आएपछि भदौ नौ गते मंगलबार पीसीआर जांच गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
