
उदयपुर, भदौ १०
त्रियुगामा आफ्नै नातीनीलाई जबरजस्ति करणी गर्ने बाजे पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१३ का ५४ वर्षीय पुरुषले आफ्नै ८ वर्षीया नातीनीलाई बजरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको हो ।
गत साउन १२ गते घरमा कोही नभएको मौका छोपी नातीनीलाई बजरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पुरुषलाई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
