
पूर्णपुष्टि, भदौ १०
काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
यहि भदौ ३ गतेदेखि शुरु भएको निषेधाज्ञा आज राति सकिँदै थियो । काठमाण्डौ उपत्यकामा कोरोना सङक्रमण बढ्दै गएकाले एक हप्ता थप गर्ने निर्णय भएको हो । निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ ।
यसअघि काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।
काठमाण्डौ उपत्यका भित्र गाडी प्रवेशमा रोक लगाइएको छ ।
काठमाण्डौ उपत्यका सहित ५० जिल्लामा निषेधाज्ञा जारी छ ।
