
पूर्णपुष्टि, भदौ १०
कोरोना संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–११ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
फोक्सो र कलेजोसम्बन्धी रोगका बिरामी रहेका पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला मृत्यु भएको अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जनाईएको छ ।
