Sunday, May 31News That Matters

सहकारी संस्था तथा पसलहरुमा चोरी गर्दै हिँड्ने एक गिरोह पक्राउ

पूर्णपुष्टि, पुष १४
सहकारी संस्था तथा पसलहरुमा चोरी गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रातको समयमा चोरी गर्दै हिँड्ने पाँच जना र चोरी गरिएका सामान खरिद गर्ने अर्का एक जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
महाशाखाका अनुसार रातको समयमा सहकारी संस्था तथा पसलहरूमा चोरी गर्दै हिँड्ने गिरोहका रोशन उप्रेती, राम पुनित महतो, राम बाघदास, राजु गुप्ता भन्ने राम विश्वास महतो, अशोक कुमार महतो र कवाडी पसल सञ्चालक शत्रुधन प्रसाद जयसवाल पक्राउ परेका छन् । उनीहरुलाई चोरीको सामान सहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
गत मंसिर ११ गते थानकोटस्थित विशाल प्लाष्टोक्याव ई. प्रालिबाट राती साढे १२ देखि २ बजेको समयमा पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको साइजर तथा तामाको तार समेत गरी १८ लाख ७६ हजार ४ सय बराबरको धनमाल चोरी गरेको घटनाको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन् । पुष १२ गते साँझ ६ बजे चोरीमा संलग्न ५ जनालाई बुद्धनगरबाट र चोरीको सामान किन्ने शत्रुधन प्रसाद जैशवाललाई टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।