Tuesday, March 25News That Matters

सहमतिलाई नेताहरुले ऐतिहासिक भने (सहमति पत्रसहित)

पूर्णपुष्टि, असोज १८ गते ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच हिजो भएको सहमतिलाई नेताहरुले ऐतिहासिक भनेका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित गरिएको ६ बुँदे सहमतिलाई सहमतिकर्ता दलका नेताहरुले ऐतिहासिक भनेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ । यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरिएको छ । समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् ।

सहमति पत्र निम्नबमोजिमको छ ।