Sunday, February 16News That Matters

सहायक वन अधिकृत यादवविरुद्ध विज्ञप्ती

पूर्णपुष्टि/उदयपुर, फागुन २६ गते

-चार पत्रकार संगठनहरुले जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले समाचारको विषयलाई लिएर पत्रकारहरुमाथि गरेको अपमानको आपत्ति जनाउनेदै कारवाहीको माग गरेका छन् ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुर, किरात राई पत्रकार संघ उदयपुर, थारु पत्रकार संघ नेपाल उदयपुर र तामाङ सञ्चार समुह उदयपुरले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यादवले कर्मचारी मर्यादाको खिल्ली उडाउदै स्वतन्त्र प्रेसमाथि धावा बोलेकोले आपत्ति जनाउनै कावाहीको माग गरेका हुन् ।

सहायक वन अधिकृत लालबाबु यादवले उदयपुरका पत्रकारहरुमाथि धावा बोलेको तथ्यले सुशासन, सुव्यवस्था र कानूनी राज्यको खिल्ली उडाएको भन्दै उनी आफैले पनि सरकारी सवारी साधन दुरुपयोग गरेकाले कर्मचारी आचारण, सवारी साधन दुरुपयोग र स्वतन्त्र प्रेसमाथिको अपमानको कडा कारवाही हुनुपर्ने माग विज्ञप्तीमा गरिएको छ ।