
पूर्णपुष्टि, १७ माघ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी युवा संघ उदयपुरले सहिद दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ । बुधबार साँझ गाईघाटको मेनचोक स्थित दिप प्रज्वलन गरी सहित दिवस मनाएको थियो । पार्टी केन्द्रीय सदस्य सुनिता चौधरी सहित केन्द्रीय अनुसासन आयोगका सदस्यज कुमार राई युवा संघका संयोजक मिन बहादुर खत्री र सहसंयोजक अनमोल दनुवार, उदयपुर जिल्ला सचिव राजेश दनुवार लगायत युवाहरुको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रममा गरिएको थियो ।
संघका सचिव राजेश दानुवारका अनुसार देशमा शान्ति प्राप्तीका लागि लड्दै गर्दा आफ्नो ज्यान सुम्पीएका सदिहरुको सम्झनामा दिप प्रज्वलन गरिएको जनाए । सहिदहरुमा शान्ति र स्वर्गवासको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो । दिप प्रज्वलन गर्दै सहिदहरुको योगदानलाई कदर गर्ने र उनिहरुको सपना साकार पार्न सँधै युवाहरु लडिरहने जनाइएको छ ।