
पूर्णपुष्टि/गाईघाट, फागुन १० गते
-सामुदायिक प्रहरी सेवा केन्द्र उदयपुरको उपाध्यक्ष अम्बिका थापा सांसद बन्नु भएपछि उहाँलाई सम्मानसँगै बिदाई गरिएको छ । थापालाई बिहीबार सांसद बन्नु भएकोमा सम्मान गर्दै पदबाट विदाई गरिएको हो ।
सेवा केन्द्रका अध्यक्ष प्रकाशकुमार बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्ट, कोषाध्यक्ष महेश्वरी राई, स्वतन्त्र पत्रकार सेनानी कौशल चेम्जोङ लगायतले अविर र खादा लगाइ सम्मान गर्दै आगामी दिनमा प्रदेश सरकारसँग आबश्यक समन्वय गरी उदयपुरको सामुदायिक प्रहरीलाई देशकै नमुना बनाउन भुमिका खेलिदिन आग्रह गरे ।
सांसद थापाले जिल्लाका हरेक गतिबिधीहरुमा सामुदायिक प्रहरीले सकारात्मक ढंगले उपस्थितिजनाई कामहरु गरेको चर्चा गर्नुभयो । उहाँले विशेषगरी लागुऔषध नियन्त्रण, समाजमा भईरहेका नकारात्मक सन्देशलाई नियन्त्रण गर्न सफल भएको बताउनुभयो ।
थापाले माथिल्लो निकायबाट सामुदायिक सेवा केन्द्रलाई गर्ने सहयोगप्रति आफु सधै सकारात्मक रहि आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँ नेकपा एमालेको समानुपातिक तर्फबाट प्रदेश सांसद बन्नुभएको हो ।
थापाको बिदाईसँगै रिक्त रहेको उपाध्यक्ष पदमा मानवअधिकारकर्मी भरत खड्कालाई मनोनित गरिएको छ । खड्का यसअघि सदस्यमा थिए । कार्यक्रममा सेवा केन्द्रले लागुऔषध नियन्त्रणका सवालमा जिल्ला व्यापीरुपमा कार्यक्रमहरु अघि सार्ने उदघोष गरेको छ ।
कार्यक्रमअन्र्तगत पहिलोचरणमा जिल्लाका ८ वटै स्थानीय तहका प्रमुखसँग छलफल र त्यसपछि बिद्यालय र सार्वजानिक स्थलमा कार्यक्रमको आयोजना गरी अभियानलाई अघि सार्ने निर्णय गरिएको अध्यक्ष प्रकाशकुमार बस्नेतले जानकारी दिनुभयो ।