Monday, June 29News That Matters

सांसद विघन सँगै आन्दोलन चर्किन सक्ने

पूर्णपुष्टि, पुष ६

सुरक्षा विश्लेषकहरुले आन्दोलन चर्किन सक्ने बताएको छ । आईतबार प्रधान्मन्त्रीको सिफारिसमा सांसद विघटन भएपछि देशैभर बिभिन्न पार्टी, विद्यार्थी तथा कार्यकरताहरु सडकमा उत्रिन थालेका छन् । देशैभरी सांसद विघटनको चर्को विरोध र राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहन समेत भएको छ ।

आन्दोलनको मुख्य केन्द्रबिन्दु काठमाडौं हुने विश्लेषणसहित सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट रहेका तर, विवादमा परेका नेताको निवासमा उच्च सतर्कता अपनाइएको छ । उच्च प्रहरी अधिकारीका अनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायतका नेताहरुको निवासमा सुरक्षा सतर्कता अनाइएको छ ।

सोमबारदेखि आन्दोलन चर्किन सक्ने सुरक्षा विश्लेषण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र नेता माधव नेपालको निवासमा पनि सुरक्षा सतर्कता अपनाइएको छ । प्रचण्ड(माधव नेपाल समूह र ओली समूहका मुख्य नेताको निवासमा सुरक्षा सतर्कता अपनाइएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले बताएको छ । प्रधानमन्त्री ओलीले विकसित राजनीतिक घटनाक्रमपछि विकास भएको ‘सुरक्षा चुनौती’बारे चारवटा सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर रिपोर्ट लिएका थिए ।