Monday, February 17News That Matters

साईकल संघ र नेपाली सेनाले “राइड टु कोशी” (२०८१) आयोजना गर्ने

पूर्णपुष्टि, १७ माघ ।
आगामी फागुन १६ र १७ गते उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाले “राइड टु कोशी (२०८१ु) आयोजना गर्ने भएको छ ।
आयोजकका अनुसार स्वास्थ्य, फिटनेस, एकता र वातावरणीय सचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विशेषगरी ग्लोबल वार्मिङको कारण बढ्दो शहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्वपूर्ण रहने आयोजकहरूले बताएका छन् ।

कोशी राईडले साइकल प्रेमीहरूको जनचेतना जगाउने बताईएको छ । गाईघाट, बेलटार, रामपुर हुँदै चतरा, उदयपुर तर्फको कोशीटप्पु सम्मको यात्रा पूरा गरेर पुनः अर्को दिन सो यात्रा गाईघाट मै फर्किएर वडा नं। १५ मा समापन गरिने कार्यक्रम रहेको छ।

यसअघि २०७५ सालको माघ महिनामा तत्कालीन प्रधान सेनापति गौरव सम्सेर जबरा लगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा पनि यस्तै कार्यक्रम आयोजना गरिएको थियो। २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ।