
पूर्णपुष्टि,जेष्ठ ३० । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १४, भौसेट्याम्केकामा रहेको शिवशक्ति आधारभूत विद्यालय भिमसेनटोलका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । मङ्गलबार वडा कार्यालय साउनेको आर्थिक सहयोगमा उक्त विद्यालयका ४१ जना विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको हो ।
भौगोलिक हिसावले विकट मानिएको यस क्षेत्रका विद्यार्थीहरुलाई एक रुपता देखियोस भन्ने उद्देश्यका साथ वडाले निशूल्क रुपमा कपडा वितरण गरेको वडा अध्यक्ष हेमराज मगरले बताए । यस विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यापन हुने गरेको छ ।
वडाअध्यक्ष मगरका अनुसार कपडा वितरण कार्यक्रमले शैक्षिक क्षेत्रमा ठूलो टेवा पु¥याउने अपेक्षाका साथ सामुदायिक विद्यालयको पोसाक वितरण सुरु गरिएको बताएको छ । विद्यालय गाउँ देखि जङ्गल विचमा रहेको कारण विद्यार्थीहरुलाई विद्यालय सम्म पुग्न कठिनाई साथै असुरक्षित र विद्यालय व्यवस्थापनका लागि वडा कार्यालयले तारबारको लागि सहयोग गर्ने समेत वडाअध्यक्ष मगरले प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक विश्वकर्माका अनुसार सामुदायिक विद्यालयहरुमा धेरै जसो सामान्य गरिव जनताहरुको बालबालिकाहरु पढ्ने भएकाले उनीहरुको शैक्षिक गुणस्तरको लागि स्थानीय, प्रदेश र संघिय सरकारको ध्यान विद्यालय संरक्षणमा जानुपर्ने बताए । विश्वकर्मा भन्छन् पहाडी क्षेत्रका धेरै जसो बालबालिकाहरुको अभिभावकहरुले बाल बच्चाको उच्वल शैक्षिक भविश्य खेज्दै सहर लैजाने गरेको र यो समस्यलाई चिर्न आफ्नै गाउँठाउँमा रहेको विद्यालयलाई नमुना विद्यालय बनाउँन आफुहरु लागि परिरहेको जनाए ।
कपडा वितरण कार्यक्रममा वडासचिब रितकुमार राउत, प्रधानध्यापक सुरेस कुमार दनुवार, पत्रकार गजेन्द्र राई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
