
पूर्णपुष्टि, कात्तिक २२ ।
रोजगारमुलक विदेशी भूमिमा हिजो उदयपुरे एक युवाको ज्यान गएको छ । बेलका नगरपालिका ८ का ३० वर्षिय भविन्द्र कटुवालको गाडीको ठक्करबाट साउदीमा ज्यान गएको हो ।
कामको सिलसिलामा खटिएर विहानको खाना खान फर्कदै गर्दा सवारी साधनले ठक्कर दिई उनको ज्यान गएको उनकी दिदी देवि कटुवालले जानकारी दिनुभयो । बैदेशिक रोजगारीको सिलसिलामा उनी गएको बैशाखमा साउनी गएका थिए । दुर्घटनाको खबर लगत्तै परिवार शोकमा डुबेको छ ।
परिवारमा एकछोरा, एकछोरी, श्रीमती र बृद्ध बुवाआमा छन् । परिवारले दोषीमाथी कानूनी कारवाहीको मागका साथै छिटो शब नेपाल झिकाईदिन र क्षतीपूर्तीको माग गरेको छ ।
