पूर्णपुष्टि/उदयपुर, साउन २१ ।
साउदीको जेलमै जीवन समाप्त होला भन्ने लागेका प्रेमबहादुर राई २०७५ साउन २० गते आप्mनो मातृभूति नेपाल फर्किन पाउदा नयाँ जीवन पाएको अनुभूती गरे ।
सामान हराएको मुद्दामा साउदी सरकारले आजिवन कारावास अथवा ३ लाख रियाल जरिवाना तोकेको थियो उनलाई । सामान्य मजदुरी गर्ने उनले त्यतिको ठूलो रकम जुटाउने कुनै सम्भवनै थिएन । त्यसैले आजिवन काराबास स्विकार्नुबाहेक विकल्प नै थिएन ।
तर, यता समुन्द्र झै फराकिला र सगरमाथा झै उच्च मन भएका नेपालीहरुले खाई नखाई कमाएको एकएक पैसा जम्मा गरेर साउदी सरकारले तोकेको जरिवाना तिर्न सफल भए र नेपाली छोरो प्रेमकुमार राईलाई स्वदेश फर्काउन सफल भए ।
देश विदेशमा रहेका नेपालीहरुले आफु र आप्mनो परिवारको लागि गरेको सहयोगप्रति उनले गहिरो अभार प्रकट गरे ।
अन्तराष्टिय विमान स्थल काठमाडौंमै उनले आप्mनो परिवारसंग भेट्ने सौभाग्य पाए । त्यसको लागि प्रेम राई बचाउ अभियान, सहयोग समिति र विभिन्न मिडियाहरुले वातावरण मिलाईदिएको थियो । उनले आप्mना बृद्ध बाबा आमा, जीवन संगीनी, एक छोरी, एक छोरा र आफन्तजनलाई भेट्न पाए । भेट्नासाथ अंकमाल गरेर धीत मरुन्जेल रोएका राईले पटक पटक धन्यवाद दोहोर्याए, सहयोगी मन र हातहरुलाई ।
परिवारबाट पनि माया मारिसकिएको उनका लागि छोरोसंगको भेट अझ विशेष थियो । उनी विदेश जाँदा पेटमै थिए छोरो । यदि फिर्न नपाएको भए न त उनले छोरो देख्न पाउथे, न त छोरोले बुवाको मुख हेर्न पाउथे । बृद्धबस्थाकी बाबुआमा र जीवनसंगीनी आँशुमै डुविरहेका थिए । यस्तो अवस्थामा उनको उद्दार गरेर नेपाल फर्काउनु, परिवारसंग मिलन गराउनु अतुलनीय काम हो । विश्वभर छरिएर रहेका नेपालीहरुले लाउनसम्म गुण लगाएका हुन् । नेपालीहरु दुखमा पर्दा हातमा हात साथमा साथ दिनसक्छन् भन्ने यो एउटा उदाहरण पनि हो ।
जेलको साह्रै कष्टपूर्ण जीवन सम्झदै उनले भनेका छन् त्यो अध्यारो संसारबाट यो उज्यालो संसारमा आउन पाएँ ।
पुनरजन्मको आभास गरिरहेका उनले आफु जस्तै विदेशमा फसेका नेपाली छोराछोरीहरुका लागि पनि सहयोगी भूमिका खेल्ने बताएका छन् भने विदेशको जीवनकालमा अत्यन्तै धेरै सचेत बन्न सुझाएका छन् । सानो गल्तीले पनि ठूलो कारवाही भोग्नु परेको आप्mनै उदाहरण पेश गर्दै उनले चोरीचकारी हुने, दुर्घटना हुने जस्ता कुराप्रति सदैव सचेत र तैनाथ रहनुपर्ने बताएका छन् ।