Tuesday, April 21News That Matters

साउँनेको बरगाछीमा बोलेरो दुर्घटना

पूर्णपुष्टि,असार ८ । उदयपुरको त्रियुगा नगरपालिका-१४, साउनेमा बोलेरो गाडी दुर्घटना भएको छ । शुक्रवार गाईघाट देखि खोटाङ तर्फ मार्केटिङको लागि हिडेको बोलेरो ब्रेक फेल भई आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।

साउँने प्रहरी चौकीका प्रमुख बाबुराम कार्कीका अनुसार बिहानी साउनेको बरगाछी टोलको माथिल्लो घुम्तीमा प्रदेश २–०१ ००१ च ०१०१ नम्बरको बोलेरो गाडि दुर्घट्ना भएको बताए । उनका अनुसार दुर्घट्नामा मानवीय क्षेती भने नभएको र प्रहरी साथै स्थानीयहरुको पहलमा बोलेरो रोठमा निकाल्ने प्रयास भईरहेको जनाए ।

प्रहरीका अनुसार उक्त बोलेरो गाईघाटमा अवस्थित दाहाल किराना पसलको भन्ने बुभिएको छ ।