साउने संक्रान्तिको अवसरमा शिव मन्दिर उद्घाटन

पूर्णपुष्टि,साउन ३ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ बेलसोतमा निर्माण गरिएको शिव मन्दिर साउने संक्रान्तिको अवसरमा उद्घाटन गरिएको छ । कटारी नगरपालिकाले ३ लाख र पुराणबाट १५ लाख संकलित रकम गरी जम्मा १८ लाख रुपैयाँ खर्चबाट निर्माण सम्पन्न भएको मन्दिरको नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले उद्धघाटन गरेको हो । मन्दिरको उद्घाटन संगै मन्दिरमा पुजापाठ समेत सुरु गरिएको छ ।

समितिका अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ठ अथिति कोशी प्रदेश पूर्व राज्य मन्त्री कला घले, कटारी नगर पालिका उप प्रमुख गीता खड्का कटारी १ का वडा अध्यक्ष सुनिल खपाङ्गी मगर ,पूर्व वडा अध्यक्ष नवराज पोखरेल लगायतको उपस्थित रहेको थि यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0