Saturday, June 27News That Matters

साकेलाका युवाहरुलाई जर्सि वितण

पूणर्पुष्टि, असार, २८

त्रियुगा नगरपालिका ११ साकेला टोल स्थित युवाहरुलाई फुटवल जर्सि वितरण गरिएको छ ।

साकेला टोल विकास संस्थाले युवाहरुलाई सकरात्मक सामाजिक कार्यप्रति प्रोत्सान गर्दै जर्सि वितरण गरेको हो । देशको खम्वाको रुपमा लिइने युवाहरुलाई सकरात्मक तथा सामाजिक कार्यमा अगाडी बढाउन सक्दा मात्र देश र समाज सफल बन्ने भन्दै जर्सि वितरण गरेको साकेला टोल विकास संस्थाका अध्यक्ष तारा श्रेष्ठले बताउनुभयो ।

देश विकास र शान्तिका लागि प्रमुख भुमिकाको जिम्मेवारीमा मान्न सकिने युवाहरुलाई सामाजिक कार्य प्रतिको जिम्मेवार वहन गराउन प्रोत्साहनको निकै आवश्य पर्ने श्रेष्ठले बताउनुभयो ।

साकेला टोलमा हुने केहि विक्रिति विसंगतिका घटनाहरुलाई रोकथाम तथा त्यस प्रति युवाहरुलाई सचेत तथा सकरात्मक बनाउनु पर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।

संस्थाले खेलमा आबद्ध रहेका १५ जना युवाहरुलाई जर्सि वितरण गरेको छ । खेल क्षेत्र एक सकरात्मक र अनुसासित भएकाले युवाहरुलाई यसले निकै प्रभाव पार्ने युवा समुहका एक युवा मनकुमार राईले बताउनुभयो ।

समूहका अर्को युवा सरोज राईले विगत भन्दा साकेलाटोलका युवाहरु सकरात्मक कार्यमा चेतनशिल हुन थालेको बताउनुभयो । उहाँले टोल विकास संस्थाको सहयोगलाई धन्यवाद व्यक्त गर्दै आफ्नो टोललाई सकरात्मक क्षेत्र तर्फ लैजान थप प्रोत्साहन र सामाजिक उत्तरदायित्वको जिम्मेवारी थपिएको बताउनुभयो ।