
साकेला : नेपालका किराँत राई समुदायको महान् पर्व उधौली र उभौलीको मूख्य आकर्षण साकेला नाच हो । मंसीरे पूर्णेमा उभौली र बैंशाखे पूर्णेमा उधौली पर्व मनाइन्छ । विभिन्न सीली (शैली) मा नाचिने साकेला हेर्न अतिनै आकर्षक हुन्छ भने नाँच्न पनि त्यतिकै आनन्दीत र रमाईलो हुन्छ । खासगरी किराँत राई समुदायमा प्रकृति र पितृको पूजा गर्दै चेलीमाइती, आफन्तजन, नरनाता र छरभिमेक, पाहुनासबै संगै नाँचेर शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
सयभन्दाबढी सीलीमा चराचुरुङ्गी, जनावरको नक्कलदेखि मानवीय गतिविधि विशेषगरी कृषिकर्म जस्तै धान रोपेको, काटेको, झाटेको, मकैं भाँचेको, कोदो रोपेको आदि गतिविधि सीलीमा नाचेर देखिन्छ, जुन अतिनै आकर्षक हुन्छ । गंगटा हिडेजस्तो, चरा उडेको आदि नक्कल गर्दै नाचिने सीलीले सबैको मन आकर्षण गर्छ । तर, पछिल्लो समय नयाँ पुस्तामा विदेशी संस्कृतिको प्रभावले आप्mनो साकेला नाचमा सीलीको अभाव देखिन्छ । पुराना पुस्ताहरु स्वर्गवास हुदै गएपछि राम्रो सीली लोप हुदै गएका छन् । सचेत युवा पुस्ताले सीलीको संरक्षण गर्न आवश्यक देखिन्छ ।