
पूर्णपुष्टि, उदयपुर, मंसिर ११ ।
उदयपुरको गाईघाटस्थित साझा सेवा घर उदयपुर आज नयाँ भवनमा प्रवेश गरेको छ । संघीय सरकार सहरी विकास मञ्त्रालयको अढाइ करोड लगानीमा त्रियुगा नगरपालिका १२ मा निर्मित नयाँ भवनमा आज साइत बनाइ प्रवेश गरेको सेवा घरकी अध्यक्ष गिता खड्का कार्कीले बताउनुभयो । नयाँ भवनमा वालवालिका रमाएका छन् । अभिभावक विहिन बालबालिकाको अभिभावक तथा संरक्षणको भुमिकामा रहेको साझा सेवा घरमा हाल ११ जना बालबालिका छन् । उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र सबैखाले संरक्षकत्वको भुमिका सेवा घरको रहेको छ ।
