Thursday, May 21News That Matters

साढे १२ लाख कारोना संक्रमित उपचारपछि निको भए

पूर्णपुष्टि, बैशाख २४ गते । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)बाट संक्रति भएका मध्ये साढे १२ लाख उपचारपछि निको भएका छन् ।

अहिलेसम्म विश्वमा ३७ लाख २६ हजार सात सयभन्दा बढी कोरोना संक्रमित भएका छन् भने १२ लाख ४१ हजार ९ सयभन्दा बढी निको भएका हुन् ।

अहिलेसम्म सवै भन्दा बढी निको हुने, संक्रमित र मृत्यु हुने देश अमेरिका नै हो । अमेरीकामा दुई लाख ६ सयभन्दा बढी निको भएका छन् । १२ लाख ३७ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् भने ७२ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।

इटलीमा ८५ हजार दुई सयभन्दा बढी, जर्मनीमा एक लाख ३५ हजारभन्दा बढी, इरानमा ८० हजारभन्दा बढी, चीनमा ७७ हजारभन्दा बढी, टर्कीमा ७३ हजारभन्दा बढी र फ्रान्समा ५२ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना संक्रमणबाट विश्वमा अहिले दुई लाख ५८ हजार दुई सयभन्दा बढीको मृत्यु भईसकेको छ ।