Thursday, May 21News That Matters

कोरोनाबाट बेलायतमा मृत्यु हुनेको संख्या इटलीमा भन्दा बढी

पूर्णपुष्टि, बैशाख २४ गते । 

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेमा अमेरिकापछि बेलायत रहेको छ । बेलायतमा इटलीमा भन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ ।

बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा बढीको मृत्यु भईसकेको जनाईएको छ । इटलीमा कोरानाबाट २९ हजार तीन सय १५ जनाको मृत्यु भईसको जनाईएको छ ।

चीनपछि सबैभन्दा बढी इटालीमा महामारी फैलिएको थियो । तर पछिल्लो समयमा आएर इटलीमा संक्रमण र मृत्युदर नियन्त्रणमा आउन थालेको छ । विश्वकै सवै भन्दा बढी प्रभावित भएको अमेरिकामा ७१ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।