
पूर्णपुष्टि, बैशाख २४ गते ।
आज कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा रहेका छ जना भारतियलाई डिस्चार्ज गरिएकोछ । उ्रक्त उपचार केन्द्रमा उपचार गराईरहेका ३१ जनामध्ये छ जनालाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज गर्नु भन्दा पहिला उनीहरुको तीन पटक कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा तीन पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जाएको छ ।
कोरोना संक्रमितहरुलाई गत बैशाख ५ र ६ गते भुल्केबाट १३ जनालाई अस्पतालमा लगीएको थियो । उनीहरुमध्ये छ जनालाई डिस्चार्ज गरिएको छ भने उनीहरु भारतीय नागरिक हो ।
अस्पतालबाट डिस्चार्ज गरिएका छ जनालाई रानी मर्कजको क्वरेण्टीनमा पठाइएको अस्पतालले जनाएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ८२ पुग्दा २२ जना उपचारपछि निको भएका छन् ।
