
पूर्णपुष्टि, बैशाख २४ गते ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमित उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि संक्रमण देखिएको छ ।
काठमाण्डौ, वीरगञ्ज र रौतहटका एक/एक जनामो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपचारपछि निको भएका वीरगञ्जको एक जनामा फेरि संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएको छ । त्यस्तै काठमाण्डौको सनसिटी अपार्टमेन्टका एक पुरुष उपचारपछि निको भएको थियो । उनलाई पनि फेरि संक्रमण भएको जनाईएको छ । त्यस्तै भारतबाट फर्केका रौतहटका एक युवकमा पनि संक्रमण दोहोरिएको जनाईएको छ ।
