Tuesday, August 11News That Matters

साढे २ दशकपछि पाटन विमानस्थलमा नियमित हवाई उडान सुरु

पूर्णपुष्टि, असोज ३०

सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल बैतडीको पाटन विमानस्थलमा साढे २ दशकपछि हवाई उडान सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीलाई बेस बनाएर २५ वर्षपछि आजदेखि हवाई उडान सुरु भएको हो  ।
विसं २०५२ सालदेखि बन्द रहेकोे विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलले जनाएको छ । समिट एअरले हप्ताको एकदिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ ।

पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी आएका र बैतडीबाट सात यात्रु लिएर समिट एअर धनगढी फर्केको जनाएको छ । पहिलो दिन आज हवाई उडान गरिएको भए पनि अबदेखि बैतडीमा हप्तामा एक दिन मङ्गलबार नियमित उडान हुने समिट एअरले जनाएको छ ।
नगढीबाट हरेक मङ्गलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने छ । धनगढीबाट बैतडीको भाडा तीन हजार आठ सय रुपैयाँ तोकिएको छ ।

लामो समयसम्म बन्द रहेको विमानस्थलमा पुनःनियमित उडान सुरु भएपछि यस क्षेत्रमा आर्थिक र पर्यटन क्षेत्रमा समेत टेवा पुर्याउने छ ।