
पूर्णपुष्टि, वैशाख १६ गते ।
साथीकै कोठामा एक जना म्यादी प्रहरी मृत अवस्थामा फेला परेको छ । हुम्ला सदरमुकाम सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको हो ।
सर्केगाड गाउँपालिका–६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल–ढोका बन्द रहेकोर उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन ।
